आज जून २१ तारिख अर्थात् वर्षकै लामो दिन !

काठमाडौं । आज जून २१ तारिख अर्थात् वर्षकै लामो दिन ।  आजको दिन नेपालको सूर्योदय र सूर्यास्तबीचको समयअनुसार झण्डै १४ घण्टाको आसपासको  हुनेछ । आज पृथ्वी दक्षिणी गोलार्धमा दिन छोटो र उत्तरी गोलार्धमा दिन लामो हुने गर्दछ। 

नेपाल उत्तरी गोलार्धमा पर्ने भएकाले आजको दिन वर्षकै लामो हुन्छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाण्डाैमा ५ बजेर ९ मिनेट जाँदा सूर्याेदय भएकाे थियाे भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?