बिमलको डेब्यु गोलमा हार ब्यहोर्नबाट जोगियो टिसी स्पोर्ट्स क्लब !

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको लिग खेलमा आफ्नो डेब्यु गोल गरेका छन् । 

बिहिबार राति भएको खेलमा विमलले टिसी स्पोर्ट्स क्लबबाट डेब्यु खेलमा गोल गदैृ टिमलाई हार ब्यहोर्नबाट जोगाएका थिए । विमलकै गोलमा टिसी स्पोर्ट्सले क्लब इगल्ससंग १–१ गोलको बराबरी खेलेको हो । टिसीकालागि खेलको अन्तिम समयमा विमलले बराबरी गोल फर्काएका थिए ।

खेलका इगलले ८२ औ मिनेटमा अली फासिरको गोलमा अग्रता दिएको थियो । यसै सिजन धिवेही प्रिमियर लिग खेल्न विमल माल्दिभ्स पुगेका थिए । टिसीबाट यसअघि राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले लिग जितेका थिए ।

बराबरीको नतिजासंगै टिसी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टिमले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलबाट अंक जोडेको इगल्स छैटौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?