महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा धनुषा जनकपुर उ.म.न.पा.८ घर भएका उमेश यादव रहेका छन् ।

बिहिबार राती मनराशिश्वा न.पा–८ स्थित भित्रि सडक खण्डमा सरपल्लोबाट मनरातर्फ जाँदै गरेको तेल लोड भएको ना ७ ख ११९५ नं .को तेल ट्याङ्करले सडकको विद्युतीय तार छुन खोज्दा तेल ट्याङकरका सहचालक यादवले सो तारलाई पन्छाउने क्रममा अचानक करेन्ट लागी गम्भीर घाइते भएका थिए ।

घाइते यादवलाई जिल्ला अस्पताल जलेश्वरमा लैजादै  गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?