साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

एजेन्सी । अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् ।

बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय गरेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अ‍ेरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आएका  छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियासंग करिब ८ अर्ब १० करोड अमेरिकी डलर बराबरको हातहतियार बिक्रीमा सहमति जनाइसकेका छन् । अमेरिकी संसदको माथिल्लो सदनमा रिपब्लीकन र डेमोक्र्याट्स पार्टीका सांसदहरुले साउदी अरेबियालाई हतियार बिक्री रोक्नुपर्ने विधेयकमा मतदान गरेका थिए । उक्त विधेयक ५३–४५ ले पारित भएको थियो ।

मध्यपूर्वका मुलुकमा तनाब उत्पन्न भएकै समयमा अमेरिकी सिनेटमा यस्तो मतदान भएको हो । अमेरिकाले अत्याधुनिक लडाकू विमान, लडाकू विमानको मर्मत तथा अरु उच्च क्षमताका हातहतियार बिक्री गर्न चाहेको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी तल्लो सदन कङ्ग्रेसलाई बेवास्ता गर्दै मध्यपूर्वको क्षेत्रीय स्थायित्वमा असर पर्न थालेको जनाउँदै साउदी अरेबियालाई हतियार बिक्री गर्ने आदेश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?