आगलागि हुँदा ५ करोडको नोक्सान

काठमाडौं । दमक वडा नं ७ पशुहाटस्थित कपडा पसलमा गए राति आगलागी हँुदा करीब ५ करोड मूल्य बराबरको नोक्सान भएको छ । 

पशुहाटमा व्यवसायी विष्णु श्रेष्ठ र कृष्ण ओलीले सञ्चालन गर्दे आएको बिएण्डबि होलसेल पसलमा गए राति अचानक आगलागि भएको हो । आगलागिमा झण्डै ५ करोड जतिको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान गरिएको दमक प्रहरीले जनाएको छ । 

प्रहरीको भनाइ अनुसार विद्युत् चुहिएर पसलमा आगलागि भएको हुनसक्ने ठम्याइ छ । आगलागिका कारण उक्त पसलमा रहेका सामान सबै जलेर नष्ट भएको छ । दमक प्रहरी, दमकल तथा स्थानियको सहयोगमा करिब २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?