सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न मन्त्री बाँस्कोटाको माग

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक पारित गर्न संसदीय समितिलाई दबाव दिएका छन् ।

मन्त्री बाँस्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाव दिएका हुन् ।

समितिका सदस्यहरुले पत्रकारसंग सरोकार नै नभएको विधेयकलाई जोड्ने गरेको भन्दै मन्त्री बाँस्कोटाले आपत्ति जनाए ।

समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ ।

मन्त्री बाँस्कोटाले यो विधेयक पत्रकारहरुसंग सरोकार नै नभएकाले यसलाई पत्रकारहरुसंग जोडेर नहेर्न समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरेका थिए । २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु-याउन नसकेको भन्दै मन्त्री बाँस्कोटाले समितिप्रति असन्तुष्टि व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले भने,  ‘सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन, गलत चीजहरु छन् भने त्यसमा पनि काफी छलफल गरिएको छ, विज्ञहरुसंग समेत छलफल गरिएको सो विधयेक पारित गर्न ढिलाई गरिनु हुन्न । '

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?