धादिङमा जीप दुर्घटना: ४ को मृत्यु, १० जना घाइते

काठमाडौं ।  धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
गल्छी गाउँपालिका- ५ को सिरुवारीबाट बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप बाँझगाउँमा दुर्घटना भएको हो। 

दुर्घटनामा गल्छि गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिय राजु रम्तेल,सोहि स्थानकै ३२ बर्षिय सेते मिजार,गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिय कान्छि भुजेल र गल्छि ६ कै ३५ बर्षिय नानु तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाईतेहरुको उहिले उद्धार गर्ने क्रम चलिरहेको  छ ।

घाईते १० जनालाई उपचारको लागि काठमाण्डौ लाने तयारी भईरहेको छ । बोलेरो जिप गाउँबाट तरकारीसहित यात्रु लिएर बैरेनी बजार तर्फ आउदै गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?