कृषि विकास बैंकको नयाँ ब्याजदर यस्तो छ (हेर्नुहोस् सुचिसहित)

काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकका अनुसार नयाँ ब्यादरमा मुद्दति निक्षेपतर्फ संस्थागत रुपमा ८ दशमलव ६० प्रतिशत र व्यक्तिगत रुपमा ९ दशमलव २५ प्रतिशतसम्म ब्याज  दिइनेछ  भने बचततर्फ न्यूनतम ० दशमलव ६० देखि ६ दशमलव ५० प्रतिशतसम्म ब्याज दिइनेछ ।

 बैंकको बचत खातामा १२ वटा शिर्षकका बचत खाता रहेको छ ।

यस्तै बैंकको बेसरेट (आधार दर) १० दशमलव ३७ प्रतिशत रहेको छ । बैंकले नयाँ ब्याजदरका साथै कर्जामा लाग्ने ब्याजदर पनि सार्वजनिक गरेको छ ।

बैंकबाट ऋण लिँदा १६ दशमलव ३७ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट उद्योगको लागि ऋण लिँदा १५ दशमलव ३७ प्रतिशत, हाउस होल्ड लोन लिँदा १७.३७ प्रतिशत ब्याज तिर्नुपर्दछ ।

यस्तै होम लोन लिँदा १४ दशमलव ३७ प्रतिशत, शिक्षाको लागि १५ दशमलव ३७ प्रतिशत, १५ दशमलव ३७ प्रतिशत तथा मार्जिन लेन्डिङ लोन लिँदा १५ दशमलव ३७ प्रतिशतसम्म ब्याज लााग्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?