काठमाडौं । कांग्रेसले केन्द्रीय समितिको बैठक असार २२ गते बोलाएको छ ।
राष्ट्रिय जागरण अभियानको विषयमा छलफल गर्न पार्टीले केन्द्रिय समिति बैठक बोलाएको हो ।
मुख्य सचिव कृष्णप्रशाद पौडेलले असार २२ गते ११ बजे बैठक बोलाइएको सुचना मार्फत जानकारी गराएका छन् ।
कांग्रेसका अनुसार नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि बहस, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा बहस गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया