टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

काठमाडौं । टिप्परको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ छाङस्थित ५९ वर्षिय बलबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए अनुसार म्याग्देबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ क ४३२३ नम्बर प्लेट रहेको टिप्परको ठक्करबाट घाइते विक को उपचारका क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको छ । 

चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?