रेशम चौधरीलाई १४ किलोको नेल र हत्कडी ! बाबुरामले सार्वजनिक गरे तस्बिर

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजपा नेता तथा सांसद रेशम चौधरीलाई अस्पतालमै नेल लगाइएको अवस्थाको तस्बिर सार्वजनिक गरेका छन् । उनले उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै सरकारको विरोध समेत गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू  न्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण !’
 दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर उनलाई अस्तालमा उपचार गरिएको भट्टराईका भनाई छ ।
टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचार निम्ति अहिले वीर अस्पतालमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?