नेकपा सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।

३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

जिल्ला संयोजक र सहसंयोजक छनोट भए पनि इञ्चार्ज तथा सहइञ्चार्ज छनोट हुन बाँकी छ । पार्टी स्रोतका अनुसार आज बस्ने बैठकमा यसबारे ठोस ढंगले छलफल हुनेछ ।  

पछिल्लो समय नेकपा नेतृत्वको सरकार संसद्मा पेश गरेको विधेयक तथा कार्यशैलीका कारण आलोचित बनिरहेको छ । बैठकमा सरकारको काम–कारवाहीलगायत समसामयिक विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?