रेसम चौधरीलाई साङ्लो बाधेर उपचार गराउनेमा संलग्नलाई कारवाही गर्न निर्देशन

काठमाडौं । रेसम चौधरीलाइ साङ्लो बाधेर उपचार गराउनेमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचिवलाई फोन गरेर निर्देशन दिएका छ्न । 

अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।

चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । समाजवादी पार्टी र राजपा का नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।

समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?