भारतको चेन्नइ शहरमा जलाशय सुकेपछि यस्तो अवस्था निम्तियो !

काठमाडौं | पानी भर्नको लागि लामो लामो लाइनले चेन्नइको पानीको समस्या उजागर गर्छ । 
त्यहाँ पानीको लागि उभिएका मानिसबीच झडपका खबर पनि आइरहेका छन् । पानी अभावका कारण मानिसले नुहाउन पाएका छैनन् भने होटल, रेस्टुरेण्टले समेत उपभोक्तालाई सिमित मात्र पानी उपभोग गर्न दिइरहेका छन् । 

चेन्नई भारतको छैठो सबैभन्दा ठूलो सहर चेन्नईको अवस्था हो यो । सहरका सार्वजनिक प्रयोगका लागि प्रयोग हुने जलाशय सुकेपछि यस्तो अवस्था निम्तिएको हो ।
पानीको यस संकटको कारण अब ४० लाख जनसंख्या रहेको चेन्नई सहरको एक मात्र भरोसा सरकारले ट्याकंरमा बाढ्ने पानी ट्याकंर बन्न पुगेको छ । 

केही मानिस ठूलो मुल्य चुकाएर पानी ट्याकरलाई आफ्नो घरमा बोलाउँछन् । अत्यधिक मागका कारण यी ट्याकर पुग्न चार दिनसम्म लाग्न सक्छ । 
केही स्थानमा मानिस इनारबाट पानी निकाल्ने कासिस गरिरहेका छन् तर पानी जमिनको यति तल गइसकेको छ कि इनारमा पनि पानी आउन छाडेको छ । 
 
पानीको अभाव सहरका सबै स्थानमा देखिन्छ । यो पटकको पानीको अभाव मनसुन आउन भएका ढिलाईले गर्दा पनि यति कडा भएको हो । 
समस्याको कारण साना रेस्टुरेण्ट बन्द गरिन थालेको छ भने केही कार्यलयमा घरबाटै काम गर्ने व्यवस्था गरिन थालेको छ । सहरको मेट्रो प्रणालीले पानी बचाउन सकियोस् भनेर आफ्नो स्टेशनमा एयर कण्डीशनिङको उपभोग पनि बन्द गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?