ब्राउन सुगरसहित पक्राउ परेका युवकको मृत्यु

काठमाडौं । प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ । 

भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका– २ का ३७ वर्षीय सन्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 
 
न्यौपानेले ब्राउन सुगर मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाएपछि अस्पतालमा चिकित्सकको सहयोगमा निकालिएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए । 
पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका मृतक न्यौपाने लागुऔषध सेवनकर्ता पनि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?