नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि लामो छलफल भएपनि मापदण्डबारे सहमति हुन सकेको थिएन । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री तथा सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने पक्षमा देखिएका छन् ।

तर वरिष्ठ नेतामाधवकुमार नेपालले दोहोरो जिम्मेवारी दिन नहुने अडान लिएका छन् ।

बैठकमा पार्टीको राजनीतिक दस्तावेज प्रकाशन लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?