सरकारले संबिधानको भावना विपरित शासन गर्यो: नेता सिंह

काठमाडौं | काँग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको भावना विपरित शासन गरेको आरोप लगाएका छन् ।  

सर्लाहीको एक श्रद्धाञ्जली सभामा भाग लिन पुगेका सिंहले बाराको सिमरा बिमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  

उनले सरकार चाहिने भन्दा नचाहिने क्षेत्रतर्फ हात हालेर विवादित हुँदै गएको बताउँदै संघिय सरकारले संबिधानको मुल मर्म अनुसारको प्रदेश र स्थानीय तहको हक अधिकारमाथी हस्तक्षेप गरेकोले प्रदेश र स्थानीय तहलाई काम गर्न असजिलो भएको बताए ।  

उनले गुठीको मुल मर्म र भावना बिपरीत प्राधिकरणमार्फत जग्गा जमिनमा चलखेल गर्न गुठी विधेयक ल्याएर शिष्ट र सभ्य रुपमा सञ्चालित समाजलाई बिथोल्न लागेकोले नेपाली काँग्रेसले सडकदेखि सदनसम्म आवाज उठाई गुठी विधेयक फिर्ता र खारेजीको माग गरेको बताएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?