कुमार पौडेलको शव परिवारजनले बुझे

जनकपुर–विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको शव परिवारजनले ३ दिन पछि शनिवार बुझेका छन् ।
बिहीवार प्रहरीको गोली लागि मृत्यु भएका पौडेलको शव मृतक पौडेलका परिवारजनले जिल्ला अस्पताल मलंगवाबाट बुझेका हुन् ।
सर्लाहीको सदरमुकाम मलंगवाबाट उनको शव बागमती वडा नम्बर २ धरहरा स्थित गृह निवासमा ल्याइएको मानवअधिकारकर्मीहरुले जानकारी दिए ।

 पौडेलको शवलाई घरमा पुर्‍याएपछि आफन्तजन तथा शुभचिन्तकले अन्तिम श्रद्धाञ्जली दिन आजै  बागमती नदीमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

बिहीबार दिउँसो लालबन्दी वडा नम्बर १ लखन्देही  खोलादेखि पूर्वको जंगलमा गस्तीमा गएको प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?