न्युजिल्याण्डको फेरि अर्काे जित वेष्ट इण्डिज बाहिरियो

एजेन्सी । न्युजिल्याण्डले सानदार बलिङको सहयोगमा आईसीसी एकदिवसीय विश्वकपमा वेष्ट इण्डिजलाई ५ रनले हराएको छ ।

म्यानचेष्टरमा केन विलियम्सनको सानदार शतकको मद्दतले २९२ रनको उत्कृष्ट लक्ष्य पस्केको न्युजिल्याण्ड खेल जित्दै अकं तालिकाको शिर्ष स्थानमा रहन सफल रह्यो । केन विलियम्सनले १५४ बलमा १४८ रनको बनाउन सफल रहे । आफ्ना दुवै ओपनरलाई शुन्यमा खुमाएको न्युजिल्याण्डले मध्यक्रमका ब्याट्सम्यानको सहयोगमा उत्कृष्ट खेल प्रस्तुत गर्यो । न्युजिल्याण्डको जितमा रोस टेलर ६९, जेम्स निसामको २८ रन महत्वपुर्ण रह्यो ।

वेष्ट इण्डिज ४९ ओभरमा अलआउट हुँदै २ सय ८६ रन बनाउदा साइ होप्स १ रन बनाएर पेभेलियन फर्किए । यसअघिका खेलमा जम्न नसकेका युनिभर्सल बोस क्रिस गेलले ८४ बलमा ८६ रनको उत्कृष्ट इङिग खेले । तर निकोलस पुरनलाई १ रनमा गुमाएपछि इण्डिजको इनिगं धर्मराउन थाल्यो ।

चौथो नम्बरमा आएका सिमरन हाटमेयरले ४५मा ५४ रनको पारी खेलेपछि वेष्ट इण्डिज खेलमा फर्किएको थियो । छैटौँ नम्बरमा आएका कार्लाेस ब्रेथवेटले ८२ बलमा १०१ रनको सानदार पारी खेलेका थिए । तर अन्तिम समयसम्म उनलाई अरु खेलाडीले साथ दिन सकेनन ।

४८औं ओभरको अन्तिमबलमा जम्मा जितको लागि ६ रन आवश्यक हुदाँ ठुलो सट प्रहार गर्न खोज्दा क्याट आउट हुनपगे । यस जितसँगै न्युजिल्याण्ड अपराजित हुदैँ अकंलालिकाको पहिलो स्थानमा पुग्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?