बस दुर्घटनामा १२ जना घाईते, १ जनाको अवस्था गम्भिर

काठमाडौं । काठमाडौंबाट बझाँङतर्फ जाँदै गरेको बस आफै अनियन्त्रित हुँदा बर्दियामा दुर्घटना हुन पुगेको छ ।

बर्दियाको बारबर्दिया न.पा-७ रम्मापुरमा ना-६ ख-१३३९ नम्बरको बसदुर्घटना हुदा १२ जना घाईते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ । अन्य यात्रुको अवस्था सामान्य रहेको कुरा प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार बस चालक फरार रहेको  खोजी कार्य भईरहेको छ ।

घटना बारे थप विवरण आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?