बैंकिङ कसुर र ठगीमा ६० विरुद्द मुद्दा

एजेन्सी । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ ।

महाशाखाले ६० विरुद्ध मुद्दा दायर भएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैंकिङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्ने्विरुद्ध महाशाखाले मुद्दा दायर गरेको जानकारी दिए ।

महाशाखाले बैंकिङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ ।यस्तै, महाशाखाले चालू आर्थिक वर्षमा रु १७ करोड ६० लाख ६१ हजार ७५ बराबरको मिलापत्र गराएको छ ।

बैंकिङ कसुरमा फरार तथा ठगी गरेर फरार १११ व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?