पछिल्लो समय बलात्कारका घटना दोब्बर बढ्यो, अधिकांश बालिका नै पीडित

काठमाडौं । पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ वटा बलात्कारका घटना भएका छन् । जुन अघिल्लो वर्षको घटनाभन्दा दोब्बर हो । कर्णाली प्रदेश प्रहरी  कार्यालयका अनुसार गत वर्ष ५९ उक्त घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबरर्जस्ती करणीका छन् । 

उनका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा   ६८, २०७३÷७४ मा ६७ र २०७४÷७५ मा ५९  बलात्कारका घटना  भएका थिए । 

यस आर्थिक वर्षको चैत सम्ममा मात्र ११६ बलात्कारका घटना भएको तथ्याङ्कमा उल्लेख छ । प्रहरी प्रमुख शाहले अधिकांश बलात्कारका घटनामा बालिका नै पीडित भएको बताए ।

 बलात्कारसँगै बहुविवाह, बालविवाहका घटना पनि उल्लेख्य रहेकाले यसका लागि आर्थिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत महिला हिंसा र लागुऔषधको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । 

जिल्लाका ७९ स्थानीय तहका सबै वडामा उक्त कार्यक्रम सञ्चालन गर्न प्रशिक्षकलाई तालीम दिइरहेको पनि प्रहरी प्रमुख शाहको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?