जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन् । बालिकालाई फकाएर से-१ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?