बलात्कार गर्नेलाई यस्तो सजाय दिइने !

एजेन्सी । अमेरिकाको अल्बामा राज्यमा बच्चामाथी यौन दुर्व्यवहार गर्ने व्यक्तीलाई सजाएको रुपमा राज्यले नपुसक बनाउने कडा नियम लागु गरेको छ । 

अमेरीकास्थित अल्बामा राज्यका गभर्नर काय इवे ले ’केमिकल कास्ट्रेशन’ विधेयकमा यस सम्बन्धि हस्ताक्षर गरिसकेका छन् । 

उक्त विधेयकमा अल्बामा राज्यमा १३ वर्ष भन्दा कम उमेरका बच्चालाई जसले यौन शोषण गर्छ सो व्यक्तीलाई नपुसक बनाउने प्रावधान रहेको छ । यस्तो कानुन लागु गर्नेमा अमेरीकास्थित अल्बामा राज्य पहिलो राज्य बनेको छ । 

रिपब्लिकन प्रतिनिधि स्टीव हर्स्टद्वारा प्रस्तुत गरियको उक्त विधेयकमा शोषण गर्नेलाई कहिलेसम्म र कती मात्रामा औषधि दिने भन्ने फैसला जजहरुले निर्णय गर्नेछन् र यसमा जे जती खर्च आउछ त्यो आरोपीले नै व्यहोर्नु पर्नेछ । 

यो विधेयकलाई अल्बामा राज्यको  दुई वटा सदनमा पारित गरिएको छ । गभर्नर कायका अनुसार ‘जघन्य अपराध गर्नेलाई सजाएपनी जघन्य खालकै हुनुपर्छ जवकी अपराधिहरुको मनमा भय आवस । 

अपराधिलाई कुनै डर नहुने हुनाले यस्तो प्रकारको घटना दिनानु दिन बढिरहेको छ ।’ नयाँ कानुनमा उल्लेख गरिएको छ, दोषीलाई हिरासतबाट रिहा गर्नु एक महिना पुर्व एक इन्जेक्सन लगाइने छ, जसले शरिरमा टेस्टोस्टेरोन पैदा हुनबाट रोकिदन्छ । यस्तै दोषीकोे शरिरमा अरु थप हार्मोन पनि हालीने जनाइएको छ ।

एकातीर कुनै राज्यले कैदि तथा आरोपीलाई रासायनिक औषधि प्रयोगको विषयलाई लिएर चिन्ता ब्यक्त गरेका छन् । यस्तै बाल शोषणको मुद्दामा नपुसक बनायर सजाए दक्षिण कोरियामा सन् २०११ र इणर््डोनेशियामा सन् २०१६ देखि दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?