पश्चिममा ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । बिहीबारबाट नेपाल अधिराज्यभरि मनसुन फैलिएको छ । पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन आइतबार सुदूरपश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् समीर श्रेष्ठका अनुसार आइतबार मनसुन पश्चिम पुगेकाले पश्चिमको केही भूभागमा ठूलो पानी पर्ने सम्भावना छ ।  आग्रह उनले अरु ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने अनुमान गरेका छन् ।

यस्तै आइतबार उच्च पहाडी भेगमा हिपमात पनि हुने मौसमविद् श्रेष्ठले जानकारी दिए । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन फैलिएर सेप्टेम्बर २३ तारिखमा पश्चिमबाट बाहिरिन्छ ।

यो वर्ष १० दिन ढिला गरी गएको बिहीबार पूर्वबाट प्रवेश गरेको मनसुन आइतबार देशभरी नै फैलिएको मौसमविद्ले बताएका छन् । 

यस्तै आइतबार चुरेबाट बहने नदीमा बाढीको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?