… जब सचिवले सांसदहरुले गलत बुझेको भने !

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला र  सांसदहरुबीच भनाभन भएको छ । 
सचिव कोइरालाले ‘सांसदहरुले गतल बुझेको’ भनेपछि टिप्पणी गरेपछि बैठकमा केहीबेर भनाभन भएको हो  । बैठकमा मन्त्री लालबाबु पण्डित र सचिव यादव कोइरालासमेत सहभागी थिए ।

कोइरालाले विधेयकको बुँदा नम्बर ५ को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्री पण्डितले भनेको भनाइलाई समिति सदस्यहरुले गलत बुझेको अभिव्यक्ति  दिएका थिए । त्यसपछि सांसदहरुले आपत्ती जनाएपछि केहीबेर भनाभनको स्थिति आयो ।

समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदामा छलफल अगाडि बढाइसकेको बेला सचिव कोइरालाले पुनः ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यहरुले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिएका थिए ।

त्यसलगत्तै पूर्व गृहमन्त्रीसमेत रहेका सांसद जनार्दन शर्माले कोइरालाको भनाइमा आपत्ती जनाए । सांसद शर्माले मन्त्रीको बचाउ गर्न छाडेर आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न कोइरालाको ध्यानाकर्षण गराए । त्यसपछि अरु सांसदहरु पनि सचिवविरुद्ध खनिए ।

सचिवमाथि सांसद खनिएपछि बैठकको वातावरण केही समय खलबलिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?