बाढीले पुल बगाउदा यात्रुहरुलाई सकस

काठमाडौं । बाढीले पुल बगाउदा यात्रुहरुको आवत जावतमा ठप्प भएको छ । 

लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दीखोलामाथिको बेलिब्रिज बाढीले बगाउदा आवत जावत ठप्प भएको हो । 

स्थानियका अनुसार आज दिउसो अचानक आएको बाढीले उक्त खोलाको पुल बगाएको हो । 

सडक निर्माण भएको झण्डै एक दसकपछि २ जिल्ला विचको खोलामा बेलिब्रिज निर्माण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?