कैलालीमा १३ वर्षिया बालिकामाथि सामुहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौं । कैलालीमा १३ वर्षिया बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का फट्टुलाल चौधरी, विजय चौधरी र वडा नम्वर ७ मनेहराका झगरु चौधरी रहेका छन् । 

धनगढी बस्ने १३ वर्षीया बालिकालाई उनिहरुले रातको समय पारि जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा ३ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । 

वलात्कृत भएकी बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको र पक्राउमा परेका ३ जनाको गहन तरिकाले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?