निर्देशक नव ढुङेलको ‘मनको किताब’ बजारमा

काठमाडौं । म्युजिक भिडियो तथा विज्ञापन निर्देशनमा आधा दसक काटिसकेका नव ढुंगेलको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ ।

गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा गायक कर्णदासको आवाजमा रहेको गीत ‘ मन को किताब ’ को म्युजिक भिडियो आर्टिस टिभि च्यानाल मार्फत सार्वजनिक भएको हो । मनको किताब भिडियोमा मोडल सन्दिप शाही र रचिता छेत्रीले अभिनय गरेका छन् ।  

अमृत सुनुवारको छायाङ्कन तथा माधव बेल्बासकोे सम्पादन रहेको उक्त भिडियाको अधिकाशं  दृष्यहरु सितापाईला स्थित कम्पÞmर्ट हाउजिङ्ग र ठमेल सोह्रखुट्टे स्थित व्हाईट हाउस बेङ्कोइटमा छायांकन गरिएको हो । 

सुगम संगीत गायन मार्फत दर्शक माझ लोकप्रीय कर्णदासका ठूला ठूला महल होइन, पुरानो डुंगा , आधा सपना लगायतका गीतहरु चर्चित छन् ।  गाएक कर्णदासले आफ्ना अन्य गितहरु जस्तै यस गितलाई पनि दर्शक श्रोताहरुले माया गरिदिनेमा आशाबादी रहेको बताए । यस गितका गीताकार सुवासचन्द्र ढुङेलले आफुले रचना गरेको गीतको शब्द आँफूलाई पनि मनपरेको बताए ।

उनले शब्दले खोजेको जस्तो भिडियो निर्माण भएको प्रति निर्माता टिमलाई धन्यवाद् दिएका छन् । त्यस्तै यस गितका संगितकार ईन्द्र बेन्जान्कारले दुबै श्रष्टाहरुसँग काम गर्न पाउँदा आफू उत्साहित भएको र गीत र म्यूजिक भिडियोको सबैबाट राम्रो प्रतिकृया पाएको बताए ।

झन्डै एक सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका नव ढुङेलले निर्माण गरेको यस भिडियोलाई दर्शकहरुहरुले कत्तिको माया गर्लान त रु हेर्नुहोस भिडियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?