काठमाडौं–नेकपाको भातृसंगठन अनेरास्ववियूका सहसंयोजक रञ्जिन तामाङले विषादी फलफूल तथा तरकारी प्रकरणमा नेविसंघमाथि कडा व्यङ्ग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा नेविसंघ अझैं पनि रहेछ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका हुन् ।
नेविसंघ अझैं रहेछ । आज मंगलबार त्रिचन्द्र कलेज–घण्टाघर अगाडि २०–२५ जना तरकारी बोकेर नारा उराल्दै गरेका । सिमसिमे वर्षा झरीबीच सानो छेस्कोमा खुम्चिएको रुमाल जत्रो दुईवटा झण्डा बोकेका । खुसी लाग्यो नेविसंघ अझै रहेछ,’’ उनले फेसबुकमा व्यङ्ग्य गर्दै लेखेका छन् ।
सरकारले भारतीय तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्न दिने निर्णय गरेपछि नेविसंघले सरकारको विरोध गर्दै आएको छ । सोही क्रममा मंगलबार नेविसंघको एक समूहले जिल्ला प्रशासन कार्यालयमार्फत विरोधस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी तथा फलफूल उपहार पठाएको थियो ।
तामाङले सामाजिक सञ्जालमार्फत नेविसंघको आन्दोलनमाथि व्यङ्ग्य प्रहार गरेपछि नेविसंघका नेता कार्यकर्ताले पनि उनको व्यङ्ग्यमाथि जवाफ फर्काएका छन् ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले तामाङको व्यङ्ग्यमा जवाफ फर्काएका छन् । ‘नेकपाका रन्जितहरुको लिँग के होला लौन कसैलाई जानकारी भए ज्ञात होस् । बिष खाने बानी परेकाहरुलाई लिंगको के मतलब ! जे होस् लिंग जे भएपनि लाज नेबिसंघले छोपिदिएको छ ।’
सरकारले असार १९ गते विहिबार मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया