कल्भर्डमुनी २ बालक मृत फेला

appharu
0
Shares


नालाको पानीमा डुबेर १० र ५ वर्षका दुई बालकको ज्यान गएको छ । घटना बर्दियाको गुलरिया नगरपालिका–३ को हो ।


घरदेखि केही पर रहेको नालामा पौडी खेल्ने क्रममा १० वर्षीय विकास बञ्जारा र ५ वर्षीय अनिल बञ्जारा वेपत्ता भएको दुई घण्टापछि मृत अवस्थामा भेटिएका हुन् ।

नालामा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका थिए ।

प्रहरीले खोजी गर्दा दुवै जना नालाको ५० मिटरपर कल्भर्डमुनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?