प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्ने

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) प्रदेश प्रहरीको प्रमुख हुने भएका छन् ।

राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो ।

यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

समितिका सदस्य झपट रावलका अनुसार डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने चाहिँ टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?