कार र हायस ठोक्‍क‍िँदा १० घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका- ६ चइनपुरमा एक कार र हायस ठोक्‍किँदा १० जना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५ ख २२९८ नम्बरको हायस र बा १४ च ८५१८ नम्बरको कार आपसमा ठक्‍कर खाँदा कार र हायस दुबैमा सवार १० जना यात्रु घाइते भएका हुन्।

सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जाँदै गरेको कारले ओभरटेक गर्दा हायससँग ठोक्‍किदा दुर्घटना भएको हो।

सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीरलाई काठमाडौं पठाइएको छ। दुबै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?