सिरहामा दुईवटा यात्रुबहाक ठोक्किदा १५ जना घाइते

काठमाडौं । सिरहामा दुईवटा यात्रुबहाक बस एकआपसमा ठोक्किदा चालकसहित १५ जना घाइते भएका छन् ।

काँकरभिटाबाट काठमाडौंका लागि छुटेको ना७ख ५३८२ नम्बरको बस र सिरहा माडरबाट राजविराजका लागि छुटेको ना४ख ६७४३ नम्बरको बस बुधबार दिउँसो धनगढीमाई नगरपालिका–११ सोनापुरमा एकआपसमा ठोक्किएर १५ यात्रु घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते मध्ये ९ जनाको श्रमजीवी केयर अस्पताल सोनापुर र ५ जनाको आरके मेडिसिटी अस्पताल जिरोमाइलमा उपचार भइरहेको छ।

गम्भीर घाइते भएका धनगढीमाई नगरपालिका–५ का ३० वर्षे बस चालक श्रीनारायण ठाकुरलाई उपचारका लागि विराटनगर रेफर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?