काठमाडौं, २६ भदौ- शपथग्रहण गरेको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारको निर्णय गर्दै आफ्ना सबै पुराना रेकर्ड तोडेका छन् ।
राप्रपा प्रजातान्त्रिकका चार मन्त्रीलाई आज (सोमबार) शपथग्रहण गराएसँगै उनको मन्त्रिपरिषद् संख्या ५४ पुग्दै छ । प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट २४ जेठमा सदाचार नीति ल्याउने प्रतिबद्धता जनाएका देउवाले पाँचौं मन्त्रिपरिषद् विस्तारसँगै ११ जना सांसदको भागमा एक मन्त्री पु-याइदिएका छन् ।
६ सय १ सदस्यीय रूपान्तरित व्यवस्थापिका–संसद्मा हाल ५ सय ९२ सांसद छन् । सोमबार राप्रपा प्रजातान्त्रिका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथपछि ११ सांसदबराबर एक मन्त्री हुनेछन्, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया