महोत्तरीमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

काठमाडौं । महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ ।

बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।

बाढीले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक बुढाथोकीको नेतृत्वमा खटिगएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प बनौटाबाट खटिएको सशस्त्र प्रहरीले रातो खोलाको किनारामा पर्ने विभिन्न स्थानमा बैठाको खोजतलास गरिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?