वर्षाका कारण जताततै बाढी र पहिरो: काठमाडौं जोड्ने चार सडक अवरुद्ध

काठमाडौं । निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले हेटौंडा हुँदै काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण सिस्नेरी र फाखेल हुँदै हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान साढे ९ बजेतिर भीमफेदी गाउँपालिका–१, बागझोरामा आएको बाढीको कारण त्रिभुवन राजपथसमेत अवरुद्ध भएको छ ।

वर्षादकै कारण आएको पहिरोका कारण हेटौंडा–काठमाडौ जोड्ने कान्तिलोकपथ सडक पनि चार दिनदेखि अवरुद्ध भएको छ।

शुक्रबार बिहान करिब साढे ४ बजे आएको पहिरोका कारण हेटौंडाबाट भीमफेदी–फाखेलहुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २, सिस्नेरी र ईन्द्रसरोवर ३ ज्यामिरे, महालक्ष्मी खोला नजिकै र ईन्द्रसरोवर १, कलंकीमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए। हेटौंडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौ जाने सडक भने पहिरोका कारण बिहीबारबाटै अवरुद्ध रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?