फाकफोकथुमको बजेट रु २६ करोड ५१ लाख

इलाम, १५ पुस । फाकफोकथुम गाउँपालिकाको प्रथम गाउँसभाले चालु आव २०७४–०७५ का लागि रु २६ करोड ५० लाख ५८ हजार ३८९ बराबरको बजेट सार्वजनिक गरेको छ बजेटमा पूँजीगत खर्चतर्फ रु १५ करोड ७७ लाख १५ हजार र चालु खर्चतर्फ रु १० करोड ७३ लाख ३७ हजार ३८९ छुट्याइएको छ गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, अपांगता, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदाय लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईले जानकारी दिए । सोही अवसरमा आर्थिक विधेयक २०७४–०७५ र आर्थिक विनियोजन विधेयक २०७४–०७५ प्रस्तुत भई पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?