भोजपुरमा पहिरोले घर पुरिँदा एकै परिवारको ३ जनाको मृत्यु

काठमाडौं । भोजपुरमा पहिरोले घर पुरिँदा एकै परिवारको ३ जनाको मृत्यु भएको छ ।

रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको भान्छा पहिरोले पुरिँदा उनकी श्रीमती ३५ वर्षीया मनकुमारी राई, १७ वर्षीय छोरा शिवकुमार राई र १५ वर्षीय शक्तिकुमार राईको ज्यान गएको हो ।

शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले भान्छा पुरिएपछि खाना खानइरहेका राईका श्रीमती र दुई छोराको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमुली राई भने घरायसी कामले गाउँ निस्केकाले बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?