सप्तकोशीको बहाव अहिलेसम्मकै उच्च, ४० ढोका खोलियो

काठमाडौं | भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी प्रहरीले जनाएको छ।

शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो।

यो अहिलेसम्मकै उच्च बहाव हो। पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

कोशीको पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ४० ढोका खुला गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?