मलेसियामा सडक दुर्घटनामा परि २ नेपालीको मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परेर मलेसियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको ज्यान गएको छ ।

शुक्रबार मलेसियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै ज्यान गएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए ।

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भएका र त्यही कम्पनीमा कार्यरत शिव दाहालको समेत ज्यान गएको बताइएको छ ।

ज्यान गुमाउने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?