काठमाडौं । नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसी नेतृत्वको टोलीले नुवाकोट प्रवेश गर्ने विभिन्न सडकहरु वर्षाको समयमा संचालन हुन कठीन भएकाले सडक तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
जिल्ला सभापति केसी, महासमिति सदस्य रमेश कुमार महतसहितको टोलीले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।
काठमाडौंबाट बालाजु–ककनी–बिदुर, गल्छी–त्रिशुली, टोखा–छहरे, ओखरपौवा– चाउथे–गल्छी सडकखण्डहरु मर्मत गर्न नुवाकोट कांग्रेसले आग्रह गरेको हो ।
हाल वर्षातका कारण ती सडकहरुमा यातायातका साधन सञ्चालन गर्न कठीन हुँदै आएको छ ।
हेर्नुहोस् विज्ञप्ती:-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया