बाढी पहिरो अपडेट: ६० जनाको मृत्यु, २६ जना अझै बेपत्ता, कुन जिल्लामा कति ?

काठमाडौँ । बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका निमित्त प्रवक्ता रमेश थापाका अनुसार बाढी पहिरोमा परी ३६ पुरुष र २४ जना महिलाको मृत्यु भइसकेको छ। भने ३६ जना घाइते भएका छन् ।

बाढी तथा पहिरोमा परि २६ जना बेपत्ता भएका छन् । हालसम्म १४ सय ४४ जनाको उद्दार भएको छ ।

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५/५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर ४, सिन्धुलिमा ४, खोटाङ र काभ्रे ३/३ जना, उदयपुर, धादिङ, झापा, बारा, पर्सा, मोहत्तरी धनुषा र डोल्पामा २/२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?