काठमाण्डौं । चलचित्र ‘मिस्ट नेपाली’को छायांकन कार्य सम्पन्न भएको निर्माण पक्षले जानकारी दिएको छ ।
आइतबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन तथा इन्ड क्ल्याप पार्टीमा चलचित्रको छायांकन सकिएकाले अब तिहारको छेकोमा रिलिज गर्ने जानकारी दिइएको हो ।
देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नवलपरासी र काठमाण्डौमा भएको छ । नायक भूवन केसी दोहोरी भूमिकामा देखिने चलचित्रलाई देव भुषालले निर्देशन गरेका छन् ।
चलचित्रमा नायक केसीको साथमा, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोल, नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको भूमिका रहेको निमार्ण पक्षले जनाएको छ ।
चलचित्रमा प्रेमराज दाहालको लगानी छ भने हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया