झिंगा भन्केपछि बल्ल लगियो प्रहरी जवानको शव गृह जिल्ला

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । भोजपुरमा असार २५ मा भएको प्रहरी र विप्लव कार्यकर्ता बिच दोहोरो भिडन्तमा मारिएका प्रहरी जवान संजिव राईको शव गृह जिल्ला खोटाङ लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमा उनको शव ५ दिन पछि धरानबाट खोटाङ लगिएको हो ।

असार २५ गते भोजपुर सदरमुकामको हटिया लाइनमा विप्लवका कार्यकर्ताले प्रहरीलाई गोली हानेका थिए। भिडन्तमा परि प्रहरी जवान सन्जीव राई र विप्लव समूहका एक कार्यकर्ता निरकुमार राईको मृत्यु भएको थियो ।

सन्जिवको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो। संजिवको शव उनकी श्रीमती, छोराहरु तथा भाई खडिन्द्र राईले शव बुझेर खोटाङ लगेका हुन् ।

यो पनि छुटाउनु भयो कि ? भोजपुरमा दोहोरो भिडन्त स् दुई जनाको मृत्यु, केहि घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?