पाप धुरीबाट करायो: १ लाख ८० हजार घुस लिने इन्जिनियर पक्राउ

काठमाडौं । भोजपुरमा सिञ्चाई कार्यालयका इञ्जिनियर घुससहित पक्राउ परेका छन् ।

सिञ्चाई कार्यालय भोजपुरका सिडिई मोहनबाबु यादव १ लाख ८० हजार घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् ।

उनलाई अख्तियारको इटहरी कार्यालयले पक्राउ गरेको हो ।

कुल १८ लाख रुपैयाँको सिँचाईको काम भएकामा निर्माण सम्पन्न प्रतिवेदन दिनका लागि सिडिई यादवले १० प्रतिशत रकम घुसवापत माग गरेका थिए ।

अख्तियारको टोलीले घुसवापतको रकम लिइसकेको अवस्थामा यादवलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?