जानाजान समुन्द्रमा जहाज डुबाईयो, यस्तो छ कारण

appharu
0
Shares
तस्वीर: गुगल


समाचार बहराईनको हो ।

बहराईनमा समुन्द्रमुनि विश्व कै विशाल सार्वजनिक पार्क बन्ने भएको छ ।

एक लाख बर्ग मिटरको पार्कको मुख्य आकर्षण भने ७० मिटर लामो बोईङ ७४७ हुनेछ ।

गत जुन १० तारिख बहराईन टुरिजम् एन्ड एक्जिबिसन अथोरिटीले एक पत्रकार सम्मेलन आयोजना गरी आगामी अगष्ट महिनादेखि विश्व कै सबै भन्दा ठुलो पानी मुनिको सार्वजनिक पार्क संचालनमा आउने बताएको छ ।

बिशाल बोईङलाई पानी मुनी करिब ६५ फिटको सामुन्द्रिक सतहमा राखिनेछ । समुन्द्रको ६५ फिट गहिरोमा रहेको पार्क हेर्न चाहने पर्यटकहरुलाई अनुमती प्राप्त अनुभवी गोताखोरले लैजाने छन् ।

समुन्द्रमा हवाई जहाज डुबाउने बहराईन भने पहिलो राष्ट्र होईन । यस् अघि क्यानाडाले संन् २००६ मा बोईङ ७३७ र सन् २०१६ मा टर्कीले एयरबस ए ३०० समुन्द्रको सतहमा कृतिम चट्टान निर्माणका लागि डुबाईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?