काठमाडौं– चालू आर्थिक वर्षमा पुँजीगत खर्च गर्न नसकेर आलोचना खेप्दै आएको दुईतिहाइको बलियो सरकार राजस्व असुलीमा पनि लक्ष्य भेट्टाउन चुकेको छ। चार वर्षअघिको भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीमा समेत लक्ष्यअनुसार राजस्व असुली भएको थियो। तर अहिलेको बलियो सरकारको राजस्व असुलीको तस्बिर सबैभन्दा कमजोर देखिएको हो।
अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा आठ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेका थिए। चालू आव सकिनु तीन दिनअघि (असार २८) सम्ममा सरकारले ६ खर्ब ८९ अर्ब रुपैयाँमात्र राजस्व असुली गरेको छ। यो लक्ष्यको करिब ८३ प्रतिशत हो।
विगतमा वर्षका अन्तिम दुईतीन दिन ठूलो मात्रामा राजस्व उठ्ने गरेको थियो। यो वर्षका बाँकी तीन दिनमा ७० देखि ८० अर्ब रुपैयाँ राजस्व असुली हुने अनुमान गर्दा पनि लक्ष्यको ९०–९२ प्रतिशतभन्दा बढी हुने देखिँदैन। राजस्व असुली लक्ष्यको ९० प्रतिशतभन्दा माथि नजानु सम्भवतः अहिलेसम्मकै सबैभन्दा न्यून हुनु हो।
अर्थतन्त्रबारे सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान बुझेका र जानेका भनिएका अर्थमन्त्री खतिवडाले आफैंले राखेको लक्ष्य पूरा गर्न नसके पनि विगतका एकवर्षे अस्थिर सरकारका अर्थमन्त्रीहरुले लक्ष्यअनुरुप राजस्व उठाएका धेरै उदाहरण छन्। पूर्वअर्थमन्त्री बाबुराम भट्टराईले करिब ३५ प्रतिशत वृद्धिसहितको महŒवाकांक्षी राजस्व लक्ष्य पनि सजिलै फेला पारेका थिए। त्यसपछिका सबै अर्थमन्त्रीले लक्ष्यअनुसारकै असुली गरको देखिन्छ। लक्ष्यको एकदुई प्रतिशतभन्दा तलमाथि राजस्व गएको उदाहरण छैन।नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया