काठमाण्डौं । नेपाली चलचित्र क्षेत्रमा यतिबेला निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको घरायसी झगडाको विषय चर्चामा छ ।
शिल्पाले आफू पीडित भएको भन्दै प्रहरीमा उजुरी दिएकपछि बाहिर आएको जोडीको विवादको विषय डिभोर्समा आएर अड्किएको छ ।
एक सञ्चारकर्मीलाई दिएको अन्तर्वार्तामा शिल्लाले ‘सकुन्जेल सहेर बसेँ अब सहन सक्ने अवस्था छैन । त्यसैले प्रहरीमा उजुरी दिएको हु । मैले अहिले सम्म ईज्जतको ख्याल गरेर यति धेरै पीडा सहेर बसेकी हु । अब सहन सकिन ।’ निक्कै भाबुक देखिएकी उनले रुँदै भनिन् । मेरो कुरा कसैले बुझेन अझै नराम्रो कमेन्टहरु गर्ने प्रशस्तै भेटेँ । मलाई थोरैले भएपनि बुझिदिएका छन् ।’
निर्माता ओझा यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका थिए । उन्को चौथो बिहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शिल्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, उनीहरु अहिले अलग अलग बस्दै आएका छन् ।
यता निर्माता ओझाले पनि एक सञ्चारकर्मीसंगको अन्तर्वार्ताका क्रममा शिल्पालाई कसैले उचालेर प्रहरीमा उजुरी दिएको दावी गरेका छन् । उनले भनेका छन् शिल्पा जिले घरबाट निस्केको १५÷२० दिन पछि मात्रै प्रहरीमा उजुरी दिनुले त्यसको पुष्टि गरेको दावी गरिरहेका छन् ।
‘शिल्पासंग ३ बर्ष प्रेम सम्बन्धमा बसेर विहे गरेको हो । विहे भएको पनि ३ बर्ष भईसक्यो । तर विवाह दर्ता ६ महिना अघिमात्रै भएको छ । अहिले आएर डिभोर्स माग्नुपर्ने अबस्था भए विवाह दर्ता किन गर्नु परेको’ उन्ले भनेका छन् । शिल्पासंगको विवाह अन्तिम भएको र शिल्पालाई डभोर्स नदिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया