एका बिहानै ६ म्याग्नीच्यूडको भूकम्प महसुस

appharu
0
Shares

एजेन्सी । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६ दशमलव ० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताए।

भूकम्पले नुसा डुआमा सामान्य क्षति पु-याएको छ । बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सन्जयले भूकम्प आउनासाथ पर्यटकहरुमा भागदौड मच्चिएको बताए ।

इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?